Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बढ्यो सुनको भाउ, हालसम्मकै उच्च विन्दुमा कारोबार

18

रुपन्देही । आज सुनको मूल्य ह्वात्तै बढेर उच्च बिन्दुमा पुगेको छ । आज एकै दिनमा १ हजार ३ सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला १ लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला १ लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ । यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो । सो दिन सुन प्रतितोला १ लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस २ हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रूपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४ सय ७५ रूपैयाँमा कारोबार भएको थियो ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर