Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बन्चरो प्रहार गरी हत्या गर्ने आरोपित गिरफ्तार

16

कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढालाई बन्चरो प्रहार गरेर हत्या गरेको आरोपमा सोही गाउँका २३ वर्षीय श्याम बुढालाई प्रहरीले मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गणेशबहादुर रावल नेतृत्वको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो । महिलाको मङ्सिर ८ गते हत्या भएको सोही दिन खबर प्राप्त भएको इन्स्पेक्टर रावलले जानकारी दिनुभयाे ।

महिलामाथि बन्चरो प्रहार गरी हत्या गर्ने आरोपित मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् ।

मृतकको शव  जिल्ला अस्पतालमा ल्याइएको र पोष्टर्माटम मङ्सिर १० गते हुने बताइएकाे छ।

घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर रावलले बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर