Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

बर्दियाको गुलरिया नगरपालिमा आगलागी, ४ को मृत्यु

16

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चारजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिंह बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो ।

आगोले पोलेर घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर