Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कारपछि हत्या कसुरमा जन्मकैद सजाय

19

उदयपुर । त्रियुगा नगरपालिका-६ मोहनपुरकी १६ वर्षीया बालिका कृषला चौधरीको बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले दुई जना कसुरदारलाई जन्मकैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश दीपककुमार निरौलाको ०८० पुस ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै सप्तरी जिल्ला, सुरुङ्गा नगरपालिका-१ का २७ वर्षीय उचितलाल सदा र सोही ठाउँका २३ वर्षीय विषे भनिने विषय सदालाई जन्मकैद सजायको फैसला गरेको अदालतका श्रेस्तेदार भेषराज भट्टराईले बताउनु भयो ।

अदालतले कसुरदारबाट पीडित परिवारले पाउने गरी जनही ३ लाख रुपियाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषबाट पीडित परिवारलाई २ लाख रुपियाँ उपलब्ध गराउन आदेश दिएको छ ।

बालिका कृषला चौधरी ०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी थिइन् । बालिकाको लास साउन १९ गते त्रियुगा नगरपालिका-१ स्थित राजदेवी सामुदायिक वनको रातमाटे खहरे खोलामा भेटिएको थियो ।

मृतकका बाबु प्रेमकुमार चौधरीले दिएको उजुरीका आधारमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७८ भदौ २१ गते बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर