Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार आरोपमा धनबहादुर लिम्बूविरूद्ध प्रहरीमा उजुरी

16

अपाङ्गता भएकी २८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले चैनपुर नगरपालिका-२ का ४५ वर्षीय धनबहादुर लिम्बूविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले ०८० कात्तिक २४ गते बलात्कार गरेको आरोपमा पीडित आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय, चैनपुरमा मङ्सिर २७ गते उजुरी दिएको इन्स्पेक्टर बाबुराम कार्कीले बताउनु भयो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितको खोजी थालिएको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण प्राथमिक स्वास्थ्य केन्द्र, चैनपुरमा मङ्सिर २८ गते गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर