बागलुङ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले पाँचथर जिल्लाको फाल्गुन्द गाउँपालिका– ६ का २६ वर्षीय सन्तोष आङ्देम्बेलाई १८ वर्ष कैद सजायको फैसला सुनाएको छ ।
न्यायधीश रमेशकान्त अधिकारीको ०८० मङ्सिर ६ गतेको इजलाशले कैदसँगै ७ लाख जरिबाना र १ लाख रुपियाँ क्षतीपुर्ती सजायको फैसला गरेको जिल्ला अदालत बागलुङका इजलाश अधिकारी पदम थापाले जानकारी दिनुभयो ।
बालिकालाई ०८० माघ ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
प्रहरीले ०८० फागुन ३ गते जिल्ला अदालत बागलुङमा बलात्कार कसुर शिर्षकमा मुद्दा दर्ता गरेको थियो । आरोपितलाई जिल्ला अदालत बागलुङको फागुन ३ गतेको आदेशले पुर्पक्षको लागि थुनामा राखिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० माघ ९ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको थियो ।