Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

18

सङ्खुवासभा । नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-२ का ३९ वर्षीय कुमार दर्जीलाई १८ वर्ष  कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश टेकनाथ गौतमको ०८० पुस ४ गतेको इजलासले कसुर गरेको ठहर गर्दै १८ वर्ष कैद सजायको फैसला सुनाएको अदालतका श्रेस्तेदार केदारप्रसाद गौतमले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई ७ लाख रुपियाँ जरिबाना, राहत कोषमा २८ हजार रुपियाँ जम्मा गर्न र पाँच हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको श्रेस्तेदार  गौतमले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले ०७९ जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ जेठ २१  गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले जेठ २३ गते खाँदबारीबाट गिरफ्तार गरी जिल्ला अदालतमा जेठ ३१ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको ०७९ असार २ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा २०७९ जेठ २४ गते गरिएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर