Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय फैसला

15

धादिङ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले ०८० मङ्सिर २९ गते गजुरी गाउँपालिका–४, गैरीगाउँका ४३ वर्षीय डिलबहादुर तामाङलाई १८ वर्ष कैद सजाय, ७ लाख रुपियाँ जरिबाना भराउने फैसला सुनाएको छ ।

पीडित बालिकालाई तामाङले ०८० जेठ ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते इलाका प्रहरी कार्यालय, गजुरीमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार १० गते धादिङ अस्पतालमा भयो । तामाङ सोही दिन गिरफ्तार भएका थिए ।

प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयको सहयोगमा तामाङ विरुद्ध जिल्ला अदालतमा असार २७ गते मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालतको सोही दिनको आदेशले तामाङलाई पुर्पक्षका लागि थुनामा लागि थुनामा पठाएको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर