Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

16

दाङ्ग  । २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  रुकुम पश्चिम जिल्ला आठविसकोट नगरपालिका–१३ घर भइ बाँके जिल्ला कोहलपुर नगरपालिका–११ बस्दै आएका ३२ वर्षीय मनबीर पुनलाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० असोज २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर ८ गते इलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर उज्वल चन्दले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको छ  ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर