Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

15

नवलपरासी (सुस्ता पश्चिम) १९ वर्षीया युवतीलाई बलात्कार गरको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– ५ पालडाँडा घर भई बर्दघाट नपा– १४, बेलाहानी बस्दै आएका ३४ वर्षीय विजय पोखरेललाई मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १० गते नै इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बर्दघाटका इन्स्पेक्टर भीमबहादुर कार्कीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर