Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

15

झापा । ३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध मङ्सिर १४ गते इलाका प्रहरी कार्यालय, काड्डभिट्टामा उजुरी दिएको थियो ।पीडित पक्षको उजुरीका आधारमा जगतमणिसँगै उनका ३७ वर्षीय दाजु बालकुमार आर्चायलाई समेत अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा मङ्सिर १४ गते गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर