Sun2024 July 21
२०८१ साउन ०६, आइतबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

16

धनकुटा । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला, विराटनगर महानगपालिका-११ का ५१ वर्षीय प्रविण अग्रवाललाई असार ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ असार २ गते प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असार ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ४ गते गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर