Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित गिरफ्तार

14

३० वर्षीया अपाङ्गता  भएकी महिलालाई बलात्कार गरेको आरोपमा  प्रहरीले लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका ४५ वर्षीय प्रकाश जैसीलाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिला घरमा एक्लैरहेको अवस्थामा आरोपितले कात्तिक २९ गते बलात्कार गरेर फरार भएका थिए । पीडितका आफन्तले फोन मार्फत प्रहरीमा उजुरी दिएका थिए ।

पीडित पक्षले फोनमार्फत घटनाका बारेमा जानकारी गराएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदीप चन्दले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक २९ गते सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको पीडितका आफन्तले बताउनु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर