Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

16

दोलखा   । १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका-५ का २१ वर्षीय राजकुमार बस्नेत विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर ७ गते उजुरी दर्ता भएको छ ।

पीडितलाई आरोपितले मङ्सिर ४ गते पीडितकै घरमा बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर तथा सूचना अधिकारी धर्मेश यादवले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते पशुपति स्मृति अस्पताल, चरिकोटमा भयो । आरोपितलाई प्रहरीले मङ्सिर ५ गते घरैबाट गिरफ्तार गरेको बताइएको छ । आरोपितलाई पहिलै पक्राउ गरिएतापनि कानूनी प्रक्रिया अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले पीडित पक्षले लिखित उजुरी हालेको हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर