Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार तथा यौन दुर्व्यहारका घटनाहरुको साक्षी बन्दै देवभूमि

14

रुपन्देही, मंसिर ७ । देश तथा विदेशमा बलात्कारका घटनाहरु बढ्दै छन् । यौन दुर्व्यवहार पनि उत्कर्षमा पुगेको छ । धेरै जसो घटनाहरु लुकाइन्छ भने केही घटनाहरु मात्र बाहिर आउँछ । धेरै आरोपीहरु सुरक्षित छन् भने केही आरोपीहरुलाई प्रहरीले नियत्रणमा राख्दछ । जसो जसो समय बित्दै छ, मानिसहरु संयम गुमाइरहेका छन् । वास्तवमा बलात्कार त्यसै सम्भव हुने कुरा नै होइन । जबसम्म महिलामा इच्छा हुँदैन तबसम्म उनले आफूलाई सरक्षित राख्न सक्छिन् । यस्तो अवस्थामा कमजोरभन्दा कमजोर महिलालाई पनि कसैले बलात्कार गर्न सक्दैन । तर केही परिस्थितिहरु छन् जहाँ आएर महिलाको अस्मितासँग अपराधीहरु खेल्न सफल हुन्छन् अर्थात् बलात्कार हुन सक्छ जस्तै प्रतिकार नै गर्न नसक्ने अबोध बालिका, बेहोश गराएर, हातखुट्टा बाँधेर र निद्राको औषधि खुवाइ लठ्ठ बनाएर बाहेकको अवस्थामा बलात्कार हुनसक्दैन । अन्य परिस्थतिमा बलात्कार सम्भव नै छैन । देशका विभिन्न भागहरुमा भएका यस्ता केही घटनाहरु तल राखिएको छ :

बालिका बलात्कार घटनाका आरोपितलाई कैद

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तकोशी नगरपालिका–६ सहलेश टोलका १८ वर्ष १८ दिनका सुनिलकुमार पासवानलाई ०८० मङ्सिर ६ गते ३ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्गनामको इजलासले आंशिक अभियोग दावी पुग्ने फैसला गर्दै ३ वर्ष कैद सजाय गरेको अदालतले जानकारी दिएको छ । फैसला अनुसार आरोपितले ३० हजार रूपियाँ जरिवाना तिर्नुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार २ सय रूपियाँ बुझाउनु पर्नेछ ।

शम्भुनाथ नगरपालिका–९ बसबलपुरस्थित लक्ष्मी चौधरीको आँप बगैचामा आरोपितले ०७९ चैत ११ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा चैत २१ गते उजुरी दिनुभएको थियो ।

स्थानीयवासीका अनुसार घरपरिवारले बालिकाको विवाह अन्त गर्न खोजेपछि दुबै जना भागेर ०७९ माघ १२ गते हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित कंकालिनी मन्दिरमा विवाह गरी साढे १ महिना भारत विहारको सुपौलमा बसेका थिए । बालिका र आरोपितले प्रेमविवाह गरी घरबाट भागेको साढे १ महिनापछि घरपरिवारले स्विकार्ने आशामा दुबै जना घर आएका थिए । गाउँमा पञ्चेती हुँदा बालिकाले आरोपितलाई छाड्न नमाने पछि दुबैलाई चैत १० गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा झिकाई अभिभावकको जिम्मा लगाइएको थियो ।

बालिका पुनः ०७९ चैत १२ गते आरोपितको घर गएर बसेकी थिइन् । सो बारे पीडित पक्षले दिएको जानकारीका आधारमा प्रहरीले आरोपितलाई झिकाए पछि आरोपित चैत १९ गते जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । सोही दिन आरोपितलाई प्रहरीले हिरासतमा राखेको थियो । पीडित पक्षले चैत २१ गते लिखित उजुरी दिए पछि चैत २१ गते जिल्ला प्रहरी कार्यालयले बलात्कारको उजुरी दर्ता ग¥यो । सोही दिन पीडितको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भयो ।

जिल्ला अदालतमा ०८० वैशाख १३ गते अभियोग पत्र दायर भएकोमा न्यायाधीश नविनकुमार जोशीको आदेशले आरोपित वैशाख १४ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । अदालतले मङ्सिर ६ गते गरेको फैसलामा विवाह बदर गरिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला माथागढी गाउँपालिका– २ का २४ वर्षीय कुलबहादुर ठाडालाई प्रहरीले मङ्सिर ७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८० मङ्सिर ६ गते सुनवल नगरपालिका– १ सुनवलमा बलात्कार गरेको भन्दै  पीडित पक्षले मङ्सिर  ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकोका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धन भइरहेको  जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ६ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–७ मनेहरा गौरीटोलका २६ वर्षीय गणेश चौधरी विरुद्ध पीडित पक्षले ०८० मङ्सिर ६ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिनुभएको छ ।

पीडित बालिकालाई मङ्सिर ३ गते ललाईफकाई आफ्नै घरभित्र बोलाइ यौन दुर्व्यवहार गरेकोले आरोपित विरुद्ध मङ्सिर ६ गते जिल्ला  प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित बालिकाकी हजुरआमाले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षको मौखिक जानकारीका आधार आरोपितलाई मङ्सिर ३ गते नै गिरफ्तार गरिएको भए पनि पीडित पक्षले मंङ्सिर ६ गते मात्रै यौन दुर्व्यवहार अन्तर्गत लिखित उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपित विरुद्ध यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थपमा अनुसन्धान भइरहेको डिएसपी चन्दले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको पीडितकी हजुरआमाले बताउनु भयो ।

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा टिकापुर नगपालिका–४ अस्नेहरीका ४१ वर्षीय डबलसिंह ठकुरीलाई मङ्सिर ६ गते एक महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद अर्यालको इजलासले कसूर ठहर गरी एक महिना कैद सजाय, १० हजार रुपियाँ जरिवाना र २५ हजार रुपियाँ पीडितलाई क्षतिपुर्ति भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।

पीडित बालिकालाई २०७९ पुस १ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपित विरुद्ध पीडित पक्षले पुस २ गते ईलाका प्रहरी कार्यालय, टिकापुरमा उजुरी दिनुभएको थियो । प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जवरजस्तीकरणी उद्योग अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ पुस २८ गते ५० हजार रुपियाँ धरौटीमा रिहा गरेको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ पुस २ गते टिकापुर अस्पताल, टिकापुरमा गरिएको थियो ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४२ वर्षीय बुवालाई प्रहरीले मङ्सिर ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० कात्तिक २९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी मदन केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परिक्षण मङ्सिर १ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बडीकेदार गाउँपालिका–२ का १८ वर्षीय गोपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामीलाई ०८० मङ्सिर २  गते गिरफ्तार गरेको छ ।

बालिकालाई ०८० मङ्सिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मौखिक जानकारी दिएपछि आरोपितलाई मङ्सिर २ गते नै गिरफ्तार गरी अनुसन्धान भइरहेको र  पीडित पक्षले आरोपति विरुद्ध मङ्सिर ४ गते मात्रै लिखित उजुरी दिनु भएको जिल्ला प्रहरी कार्यालय, डोटीका इन्स्पेक्टर सिताराम बिस्टले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २  गते जिल्ला अस्पताल, डोटीमा गरिएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर