Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार प्रयास घटनाका आरोपितहरू गिरफ्तार

15

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जुगल गाउँपालिका-६, गोल्चे लिदिका २१ वर्षीय आशिष दोङ, सोही ठाउँका १९ वर्षीय फुलपारी पाख्रिन र १९ वर्षीय वीरबहादुर दोङलाई प्रहरीले ०८० मङ्सिर ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितहरूले मङ्सिर १ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर ३ गते चौतारा अस्पतालमा भयो । आरोपितहरूलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका हवल्दार दिनेश गोलेले जानकारी दिनुभयो । साभारः इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर