Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

17

२३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सैनामैना नपा–५ का ४९ वर्षीय कृष्ण प्रसाद चालिसेलाई मङ्सिर ३ गते पक्राउ गरेको छ ।

आरोपितले कात्तिक ३० गते बलात्कार प्रयास गरेको भन्दै पीडिताले मङ्सिर ३ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिनुभएको थियो ।

उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीका इन्स्पेक्टर अनिल पण्डितले बताउनु भयो ।

पीडिताको स्वास्थ्य परीक्षण मङ्सिर १ गते भीम अस्पताल, भैरहवामा गरिएको अस्पतालले जनायो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर