Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलात्कार प्रयास घटनाका आरोपितलाई गोली प्रहार गरी गिरफ्तार

13

१० वर्षीया बालिका बलात्कार प्रयास घटनाका आरोपित बैजनाथ गाउँपालिका– १ चिसापानीका ३० वर्षीय आकाश रानालाई प्रहरीले मङ्सिर १ गते गोली प्रहार गरी गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपित रानाले कात्तिक २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीले जानकारी दिनु भयो ।

यसैगरी, कोहलपुर नगरपालिका– १२ चप्परगौडीका  २९ वर्षीय मिनबहादुर बिकमाथि खुकुरी प्रहार गरेर लुकेर बसेका रानालाई गिरफ्तार गर्न खोज्दा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेको अवस्थामा  प्रहरीले तीन राउन्ड गोली चलाएको डिएसपी डाँगीले बताउनु भयो ।

खुट्टामा गोली लागेको रानाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर