Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बलिउड अभिनेत्री कंगना राजनीतिमा प्रवेश गर्ने

17

बलिउड अभिनेत्री कंगना रनावतको फिल्मका लागि यस वर्ष (२०२३) निराशाजनक रहन पुग्यो । उनले ठूलो आशा गरेको फिल्म ‘तेजस’ डिजास्टर सावित भयो । त्यसो त सन् २०१५ यता उनका कुनै फिल्म सफल भएका छैनन् । बरु उनी आफ्ना अभिव्यक्तिका कारण प्रायः विवादमा तानिरहेकी हुन्छिन् । श्रृंखलाबद्ध विवादकै कारण उनको स्टारडम कमजोर बनिरहेको विश्लेषण हुने गर्छ ।

अब कंगानाले राजनीतिमा प्रवेश गर्ने चर्चा छ । २०२४ मा हुने लोकसभा चुनावमा उनी उम्मेदवार बन्ने सम्भावना प्रवल छ । भारतीय मिडियाका अनुसार, प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाबाट उनी उम्मेदवार बन्न सक्नेछिन् । आइतबार उनले भाजपा अध्यक्ष जेपी नड्डासँग लामो छलफल समेत गरेकी थिइन् । यसपछि कंगना आगामी लोकसभा चुनावमा उठ्न लागेको चर्चा चुलिएको छ ।

उनका पिता अमरदीप रनावतले पनि अर्को वर्ष कंगनाले लोकसभा चुनाव लड्ने बताएका छन् । तर, भाजपाले अहिलेसम्म उनलाई टिकट भने दिइसकेको छैन । उनले मन्डी या चन्डीगढबाट चुनाव लड्न सक्नेछिन् । उनले लामो समयदेखि नरेन्द्र मोदीको पक्षमा अभिव्यक्ति दिँदै आएकी छन् । एकपटक त उनले प्रधानमन्त्री मोदीलाई कृष्णको अवतारको रुपमा समेत ब्याख्या गरेकी थिइन् ।

रोचक कुरा के छ भने कंगना भाजपाबाट लोकसभा चुनाव लड्ने चर्चा भैरहँदा उनले आफ्नो नयाँ फिल्म ‘इमरजेन्सी’मा भने काँग्रेस पार्टीबाट प्रधानमन्त्री बनेकी स्वर्गीय इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । सम्भवतः यो फिल्म २०२४ मा प्रदर्शनमा आउन सक्नेछ । फिल्ममा कंगनाका साथै श्रेयस तलपड़े, अनुपम खेर, दिवंगत सतीश कौशिक, महिमा चौधरीको पनि मुख्य भूमिका छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर