Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बल्खुमा दोहोरो भीडन्त, प्रदर्शनकारीहरु आक्रामक शैलीमा प्रस्तुत हुँदै

14

युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईका समर्थकहरुबीच दोहोरो भीडन्त भएको छ । इँटाबाट बल्खु वरपरका भवन र पसलमा क्षति पुगेको छ भने धेरै मोटरसाइकल र सवारीसाधनमा पनि क्षति पुगेको छ ।  दुबै पक्षले एक अर्कालाई ढुङ्ग, इट्टाले प्रहार गरेका छन् । प्रदर्शनकारीहरु अनियन्त्रित भए पछि स्थिति थप अशान्त बन्न सक्ने देखिएको छ । केही घाइते प्रदर्शनकारीहरुलाई अस्पताल पुर्याइएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संघको कार्यक्रमको सुरक्षाका लागि काठमाडौंमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन भएको छ । एकीकृत सुरक्षा योजनासहित करिब १० हजार सुरक्षाकर्मी तैनाथ भएको गृह मन्त्रालयले जनाएको छ ।

जसमध्ये नेपाल प्रहरी पहिलो घेरामा, दोस्रो घेरामा सशस्त्र प्रहरी परिचान भएको छ । राष्ट्रिय अनुसन्धान विभाग ‘गुप्तचर’ र नेपाली सेनाको इन्टेलिजेन्सको टोली समेत खटिएको छ ।

प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच मुठभेड नहोस् भनेर सुरक्षाकर्मीले आवश्यक तयारी गरेको छ । बल्खुमा प्रसाईं समर्थक र युवा संघका कार्यकर्ताबीच सामान्य झडप भएको छ ।

अहिले प्रहरीले झडपलाई नियन्त्रणमा लिएर आफ्नो गन्तब्यतर्फ पठाएको छ । बल्खुमा प्रसाईंको कार्यक्रम भइरहेको छ । युवा संघको कार्यक्रम तीनकुनेमा भइरहेको छ । दुवै समूहको कार्यक्रममा सहभागी हुन विभिन्न ठाउँबाट रैयाली आउनेक्रम जारी छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर