Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बसको ठक्करबाट रुपन्देहीका विशाल शर्माको मृत्यु

14

रूपन्देही । बसको ठक्करबाट मोटरसाइकल चालक ३० वर्षीय बिशाल शर्माको मृत्यु भएको छ ।

मायादेवी गाउँपालिका-४ सेमरीमा यूपी ५६ एटी ६७२६ नम्बरको बसले लु.५३ प ५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गैडहवा गाउँपालिका-९ बस्ने शर्माको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर