Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बाँके नरैनापुर गाउँपालिका वडा नं.३ मा अन्दाजी ५० वर्षका व्यक्ति निष्प्राण अवस्थामा भेटिए

11

कार्तिक ३०, रुपन्देही । बाँके जिल्लामा बेवारिसे शब फेला परेको छ । निज व्यक्ति कल्वर्ट मुनि पानीमा डुबेको अवस्थामा भेटिएका थिए । बाँके नरैनापुर गाउँपालिका वडा नं.३ मा अन्दाजी ५० वर्षका व्यक्ति निष्प्राण अवस्थामा भेटिएका हुन् । सो कल्वर्ट नरैनापुर गाउँपालिकाको गेगलीस्थित हुलाकी सडक खण्डमा रहेको छ । उक्त कल्वर्ट मुनि जहाँ घुंडा मुन्तिरसम्मको गहिराइ भएको स्थिर पानी छ त्यहाँ आज करिब पौने चार बजे निज व्यक्तिको शरीर डुबेको अवस्थामा स्थानीयले देखेका थिए । निजको पहिचान नखुलेको बताइएको छ । प्रहरीले आवश्यक अनुसन्धान थालेको जानकारी प्राप्त भएको छ ।

निजलाई चिन्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा ईलाका प्रहरी कार्यालय भगवानपुर 9858090604 मा सम्पर्क गर्न भनिएको छ ।

May be an image of 4 people and body of water

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर