Thu2024 October 10
२०८१ असोज २३, बुधबार

बाढीपहिरोले कहाँ-कहाँ सडक अवरुद्ध छन् ?

16

काठमाडौँ- बाढीपहिरोका कारण तहसनहस भएका धेरै सडक अझै अवरुद्ध नै रहेका छन्। गत बिहीबारदेखि शनिवारसम्म परेको अविरल वर्षाका कारण उपत्यका जोड्ने बीपी र पृथ्वी राजमार्गसहित राजमार्गहरु अझै पूर्णरूपमा खुल्न सकेका छनैनन् ।

नेपाल प्रहरीले मंगलबार बिहान गरेको अपडेटअनुसार उपत्यकाका काठमाडौं र ललितपुरसहित २० स्थानका मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेका छन्।

काठमाडौंको दक्षिणकाली–सिस्नेरी सडक खण्ड र ललितपुरको लेले टिकाभैरव सडकखण्ड अवरुद्ध छ ।

कोशीमा राकेभेडेटार, बागमतीमा कान्तीलोकपथ सडक, भीमफेदी कुलेखानी,सिस्नेरी दक्षिणकाली, पासाङल्हामु बिपी राजमार्ग, मध्यपहाडी, बाह्रबिसे तातोपानी सडक खण्डका विभिन्न स्थानका सडक पूर्ण रूपमा अवरुद्ध छन् ।

काठमाडौं – मुग्लिङ – चितवन: One Way Open

काठमाडौं – नौबिसे – दामन – हेटौँडा: Open

मुग्लिङ – पोखरा – बागलुङ: Open

हेटौँडा – पथलैया – जनकपुर: Open

बर्दिबास – कोशी ब्यारेज – इटहरी: Open

इटहरी – दमक – काकडभित्ता – Open

बुटवल – नेपालगंज – धनगढी: Open

नेपालगंज – सुर्खेत – दैलेख: Open

काठमाडौं – सिन्धुपाल्चोक – दोलखा: Blocked

काठमाडौं – बल्खु – सिस्नेरी – हेटौँडा: Blocked

काठमाडौं – धुलिखेल – सिन्धुली: Blocked

काठमाडौं – काभ्रे – दोलखा: Blocked

चितवन – दाउन्ने – बुटवल: Blocked

सडक यात्रा गर्नुअघि सडक सम्बन्धी अपडेट चाहिएमा यी टोलफ्री नंमा फोन गर्नुहोला- 1149, 103, 100

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x