Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बादल Burst भएपछि सिक्किममा बाढी; २३ सैनिक बेपत्ता

17

एजेन्सी । सिक्किमको लाचेन उपत्यकामा रहेको टिस्टा नदीमा आएको बाढीले कम्तीमा २३ सेना बेपत्ता भएको बताइएको छ । उपत्यकाका केही सैनिक प्रतिष्ठान प्रभावित भएका छन् । एक्कासी बाढी आउनुको कारण उक्त क्षेत्रमा Cloud Burst भएपछि चुङ्थाङ बाँधबाट पानी overflow  भएको बताइएको छ । जसले गर्दा पानीको सतह २० फिटसम्म बढेको छ । जसका कारण सिङ्ताम नजिकै बर्दाङमा पार्किङ गरिएका सेनाका सवारीसाधन प्रभावित भएका छन् ।

उत्तर सिक्किमको दक्षिणी ल्होनाक तालमा ग्लेशियल लेक Outburst हुँदा  टिस्टा नदीमा अचानक बाढी आएपछि लाचेन उपत्यका डुबानमा परेको हो।

हालसम्म कुनै मानवीय क्षति नभएको तर स्रोतका अनुसार तल्लो क्षेत्रमा काम गर्ने सुरक्षाकर्मी र मजदुरहरू नदीको बाटोमा आएको बाढीले बगाएको हुनसक्छ । अधिकारीहरूले क्षतिको पूर्ण विवरण थाहा पाउन संघर्ष गरिरहेका छन् । उद्धार कार्यहरू तीव्र गतिमा छन्।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर