Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

14

कात्तिक १७, बुटवल । आज र भोलि देशभर पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अग्रसर भइरहेको छ ।

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई देशभर खटिएका महिला स्वास्थ्य स्वयंसेविकाबाट भिटामिन ‘ए’ र जुकाको टेबुल खुवाइने बताए । ।

असोज १९ र २० गते तय भएको भिटामिन ‘ए’ अभियानको पहिलो चरण दशैंको बिदाका कारण असोजमा हुन नसकेपछि आजदेखि लागू हुँदैछ ।

करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर