Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा

15

लमजुङ । सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट जिल्ला प्रहरी कार्यालयको हिरासतमै अनशनमा रहनु भएको छ ।

अनशनरत दनाईको अवस्था विग्रदो रहेको छ । उहाँ अहिले बोल्न र हिड्न नसक्ने हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सहकारीको १० करोड रकम अपचलन गरेको अभियोगमा अनुसन्धानको लागि प्रहरीले मङ्सिर १० गते मिलन शर्मा दनाई सहित अन्य पाँच जनालाई गिरफ्तार गरेको थियो ।

अनुसन्धानको क्रममा प्रहरी हिरासतमा अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण बहादुर खत्री, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल हुनुहुन्छ ।

आठ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा कालिका सहकारीका पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र उहाँको पत्नी हाल सहकारीका कोषाध्यक्ष विनिता घिमिरे अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले बताउनुभयो ।

थुनामा रहेका थप पाँच जना समेत आज बिहानबाट अनशनमा बस्नुभएको आरोपित कृष्ण बहादुर खत्रीले बताउनुभयो । आफूहरुले सहकारीको रकम कुनै हिनामिना नगरेको तर गर्नेलाई गिरफ्तार नगरेको भन्दै आफूहरु निर्दाेष नठहराहेसम्म र मुख्य दोषिलाई कानुनी दायरामा नल्याएसम्ममा यसरी नै अनशनमा बसिरहने आरोपित मिलन शर्मा दनाईले बताउनुभयो । प्रहरीले पनि मुख्य दोषिलाई गिरफ्तार गर्ने कार्यमा कुनै चासो नदेखाएको र सान्त्वना मात्र दिएको उहाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईले आफूहरुले अनसनरतलाई बारम्बार खाना खान र अनशन तोड्न आग्रह गरेको बताउनुभयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर