Sat2024 July 27
२०८१ साउन १२, शनिबार

विष्णु गिरीको अफ्रीकामा  सुटिङ्ग ” राजारानी” रिलिज हुदै (Video)

138

जेठ २४, अफ्रिका । बाग्लुङ बडिघाट २ राक्से घर भइ विगत १२ बर्ष देखि अफ्रिका महादेशको नाइजेरियामा   जागिर  गरिरहेका  श्री विष्णु गिरी  नेपाल र नेपाली गीत संगीतलाई सूक्ष्म रुपमा माया गर्ने   ब्यक्ति हुन्। उनी नाइजेरियामा एक असल सेफ मात्र होइनन्   एक मोडेलको रुपमा पनि चिनिन्छन्।

थुप्रै नाइजेरियनहरुलाई उनी टिकटक,  इन्स्टादेखि फेसबुकमा नचाइरहेका हुन्छन्। चिटिक्क मिलेको जिउढाल   चक्लेटी हिरो जस्तो देखिने बिष्णु गिरीसँग टिकटक बनाउन र भिडियोमा अभिनय गर्न नाइजेरियनहरु मरिहत्ते गर्ने गर्दछन् । उनले थुप्रै नाइजेरियनहरुलाई गुन्युचोली र नेपाली दौरासुरुवाल, टोपी लगाएर र झन्डा बोकाएर नाच्न लगाउँदै मनोरन्जन मात्र गरिरहेका हुदैनन् नेपाल र नेपाली कल्चर तथा  संगीतलाई अफ्रिकामा चिनाउने काम पनि गरिरहेका हुन्छन्।

उनी नाइजेरियामा नेपाली हिरो भनेर चिनिन्छन्।  उनी टिकटकका भाइरल टिकटकर पनि हुन्। उनले ‘साननानी’ भन्ने म्युजिक भिडियोबाट आफ्नो कलाकारिता सुरु गरेका हुन्। साननानीले निकै लोकप्रियता पाएको थियो। साननानीमा पनि उनी अफ्रिकन मोडेललाई लिएर अभिनय गरेका थिए।

सान्नानिको अपार सफलता पछि बिष्णु गिरि ले आफ्नो दोश्रो म्युजिक भिडियो ” राजा रानी” बनाएर भोलि रिलिज गर्दै  छन। यस  म्युजिक भिडियोका रचनाकार  श्री शिव हमाल   हुन भने यसमा स्वर श्री श्रीघर अधिकारि र श्री अस्मिता अधिकारिले दिनु  भएको छ भने अभिनय स्वयम बिष्णु गिरि र अफ्रीकन मोडेल सान्नि अभि (Sanni Abi) ले गरेका छन। ”सान्नानि” भन्दा अब्बल बनाउने कोसिस गर्दै  अभिनय गरेको र आफ्नै  ”Bishnu Giri Africa ”  YouTube channel    मार्फत भोलि बैशाख २५ गते रिलिज हुने र सम्पुर्ण नेपालिले हेरेर माया गरिदिन अनुरोध गरेको कुरा लोक सारथि मिडिया लाइ जानाकारि दिनुभयो।  

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर