Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बुबाको हत्या गरेकाे कसुरमा छोरालाई कैद सजाय

16

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका–७ जोगिनियाका ६० वर्षीय नुनुलाल सुरैत यादवकाे हत्या गरेको कसुरमा उनका छोरा २७ वर्षीय नरेशकुमार यादवलाई पुस १२ गते ३ वर्ष कैद सजाय भएको छ ।

जिल्ला न्यायाधीश माधव प्रसाद सुबेदीको इजलासबाट आरोपितलाई ३ वर्ष कैद सजाय गर्नुका साथै आरोपितले ३० हजार रुपियाँ जरिवाना तिर्नुपर्ने, ४५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर पीडित राहत कोषमा १ हजार २ सय रुपियाँ भर्नुपर्ने फैसला भएको छ ।

पीडितको गोल्डेन अस्पताल विराटनगरमा उपचारकाे क्रममा मृत्यु भएको थियो । शवको पोष्टमार्टम कोशी अस्पताल बिराटनगरमा भदौ १० गते भयो । भदौ ८ गते मृत्यु भएको भन्दै आरोपितका भाउजु गुनिताकुमारी यादवले जिल्ला प्रहरी कार्यालय मोरङमा भदौ ९ गते उजुरी दिनुभएको थियो ।

आरोपित ज्यान मार्ने उद्योगमा भदौ ६ गते नै गिरफ्तार भएका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीमा भदौ १७ गते हत्याको उजुरी दर्ता भएको थियो ।

जिल्ला अदालतमा भदौ ३१ गते अभियोग पत्र दायर भएपछि न्यायाधीश नबिनकुमार जोशीको इजलाशले असोज १ गतेदेखि आरोपित पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर