Sat2024 July 27
२०८१ साउन १२, शनिबार

बेलबास झलुङेपुलमा बाइक दुर्घटना, घाइतेको एडमण्ड सिटि अस्पतालमा उपचार हुँदै

19

 

 

असोज १, रुपन्देही । महेन्द्र राजमार्गको बेलबास सडकखण्डमा बाइक दुर्घटना भएको छ ।  लु २३ प १७५३ एफ जेड न. को बाइक चालक घुर्कोट गापा बर्ष २४ का सुवास पन्थीले मापासे गरि सवारि साधन चलाउँदै गर्दा बेलबास झलुङेपुल नजिकै दुर्घटना भएको हो । बाटोमा हिडिरहेका ठुलोलुम्पेक सत्यवती गाउँपालिका ३ का बर्ष ४० वर्षीय राम बिश्वकर्मालाई बाइकले ठक्कर दिदा उनी घाइते भएका छन् ।

घाइते विश्वकर्माको एडमण्ड सिटि अस्पतालमा उपचारको भइरहेको नयाँगाउँ प्रहरि चौकिका प्रहरी हवल्दार श्री गिरि राज कुँवरले बताए । घाइतेलाई  भर्ना गरिएको छ। उनको पेटमा अन्द्रुनी चोट लागेकाले एक्स रे गर्ने तयारी हुँदै छ । घाइतेको उपचारमा खटिएका डा. रोहित कान्दुले दिएको जानकारी अनुसार चालक खतराबाट मुक्त छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर