Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भजन गायिका मेनुकाको ‘कृष्ण तिम्रो मुरलीको धुन’ सांगेतिक विडियो बजारमा

34

राजु विके, भदौ २० । कृष्ण तिम्रो मुरलीको धुन बोलको मिठो सांगेतिक विडियो युट्युब मार्फत् सार्वजनिक भएको छ । भजन गायिका मेनुका नेपाल संग्रौलाको कोसेली स्वरुप ‘कृष्ण तिम्रो मुरलीको धुन’ संग्रौलाको आफ्नै यूट्युब च्यानल मार्फत् आज श्री कृष्ण जन्माष्टमीको पावन अवसर पारेर सार्वजनिक भएको हो ।

उक्त भजनमा शब्द, लय र स्वर गायिका संग्रौलाको आफ्नै रहेको छ भने एरेन्ज रागश्री संगीतालयका संगीत गुरु सुरेश सेन्चुरीले गरेका छन् । द म्यूजिक एरा स्टुडियोकोे गीत रेकर्डिङ तथा विडियो मिक्सिङ्ग एवं प्रेम नेपालीको छायांकन र सम्पादनमा विडियो एल्बम निर्माण भएको हो भने वोकल (Vocal) रेकर्डिङ्ग कमल थापाले गरेका हुन् ।

आजभोलि क्षणभंगुर संसारी सम्बन्धमा आधारित केवल माया पिरतीका गीत संगीतहरु रमाइलो गर्ने अनि पैसा कमाउने भन्ने उद्देश्यले बजारमा आउने गरेका छन् । भजन गायिका संग्रौलाको त्यस्तो चाहना नभइ मनको शान्ति र प्रभु हरिप्रतिको समर्पित भक्तिभावलाई अझ प्रगाढ बनाउने उद्देश्यले भजन गायनमा प्रवेश गरेको बुझ्न सकिन्छ ।

संग्रौलाले भारतको लकनउबाट संगीत सिकेर नेपाल आएपछि संगीत गुरु सुरेश सेन्चुरीको सानिध्यतामा पुनः संगीतको थप प्रशिक्षण प्राप्त गरि संगीत गुरु सेन्चुरीको पुरानो बागेश्वरी संगीतालयमा संगीतकै प्रशिक्षकको रुपमा पनि काम गरेकी छिन् ।

कृष्ण तिम्रो मुरलीको धुन, सुनुँ सुनुँ लागिरहने
कृष्ण तिम्रो मुरलीको धुन …………….
गाइबाच्छा दौडि आउँछन् तिम्रो मुरली सुन्दा–२
कति मिठो मुरलीको धुन
कृष्ण तिम्रो मुरलीको धुन ………………………
कदमको डालीमा बन्सी बजाउने
ग म प नि, ग म प सां
निं सा ध नि प ध
ग म प सा
कति मिठो मुरलीको धुन …………………….
भक्तजनलाई रुवाउने तिम्रो मुरलीको धुन
कति मिठो मुरलीको धुन ……………….  जस्ता शब्दहरुलाई लयबद्ध बनाई तयार पारिएको भजन गायिका संग्रौलाको यो सांगीतिक विडियो (Musical Video)  चौथो भजन माला हो ।

यस अघि पनि आफ्नै स्वर, शब्द, लयमा ‘नारायण हरि’, त्यसैगरी सकुन्तला देवीको शब्द लयमा ‘सरस्वती वन्दना’ र टिबी गुरुङको शब्द लयमा ‘भजन गरौं हरि नाम’ बोलका गीति विडियोहरु मेनुका नेपालको आफ्नै यूट्युब च्यानलमार्फत सार्वजनिक भइसकेका छन् । ती सबै सांगेतिक विडियोहरुमा रागश्री संगीतालयका संस्थापक तथा संगीत गुरु सुरेश सेन्चुरीकै म्युजिकल एरेन्ज रहेको छ ।

विडियोको छायाँङ्ककन बुटवल–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा गरिएको हो ।

विडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर