Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भष्मे डन’ले घरेलू बक्स अफिसमा येतिबेला तहल्का पिट्दै छ 

17

दशैंको अवसर पारेर फूलपाती (कात्तिक ४)देखि प्रदर्शनमा आएको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ले घरेलू बक्स अफिसमा येतिबेला तहल्का पिटेको  छ । पहिलो दिन देशभर शतप्रतिशत अकुपेन्सी कायम गरेको फिल्मलाई झन्डै साढे २ करोड बराबरको ओपनिङ मिलेको थियो । निर्माण कम्पनी टुकी आर्ट्सले सार्वजनिक गरेको एक पोस्टरमा पहिलो दिने कमाई २ करोड ४० लाख उल्लेख छ ।

प्रदर्शनको दोस्रो दिन पनि फिल्मको हाउसफुल यात्रा कायम छ । काठमाडौंका प्रायः मल्टीप्लेक्समा टिकट नै अभावको अवस्था छ । मोफसलका हलहरुमा पनि उस्तै क्रेज देखिएको छ । सकारात्मक ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले दशैंको ६ दिन लामो विदामा फिल्मले १० करोडमाथिको अंक जोड्न सक्ने पूर्वानुमान गरिएको छ । धेरैले ‘कबड्डी ४’को २२ करोडको रेकर्ड तोड्न सक्ने आँकलन गरेका छन् ।

फिल्म प्रदर्शनमा आएसँगै निर्देशक दीपेन्द्र के. खनाल, निर्माता तथा लेखक खगेन्द्र लामिछाने, कलाकारहरु विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकहरुसँग भेटिरहेका छन् । खगेन्द्रले दर्शकको उच्च साथ पाएसँगै मनको डर हटेको बताए । यस्तै, स्वस्तिमाले आफूले निभाएको दुर्गा माताको क्यारेक्टरलाई रुचाइएकोमा खुसी व्यक्त गरेकी छन् ।

फिल्म हेरेका प्रायः दर्शकले निर्देशक र निर्मातासँग ‘पशुपति प्रसाद ३’को डिमाण्ड गरेका छन् । साथै, अर्थपूर्ण सिक्वेल बनेको भन्दै प्रशंसा पनि गरेका छन् । फिल्ममा रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल लगायतको पनि अभिनय छ । फिल्ममा खगेन्द्रका साथै अभिनेत्री वर्षा सिवाकोटीको पनि महत्त्वपूर्ण भूमिका छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर