Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भाइटीका किन मनाइन्छ ? यस वर्ष टीकाको शुभ साइत कति बेला छ ?

14

भाइटीका कार्तिक शुक्ल द्वितीयाको दुई दिनपछि मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई आदरपूर्वक घर बोलाउँछन् । तिनीहरूले  पूजा गर्छन् र दाजुभाइको निधारमा तिलक लगाउँछन् र आफ्नै हातले आफ्नै घरको किचनमा पकाएको खाना खुवाउँछन् ।

कात्तिक शुक्ल पक्षको दोस्रो दिन भाइटीका पर्व मनाइन्छ । यो दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो। यस दिन दिदीबहिनीले  दाजुभाइको पूजा गरी उनीहरुको दीर्घायु र सफल जीवनको कामना गरी यमराजलाई हात जोडेर प्रार्थना गर्ने गर्दछन् । यस दिन यमुना जीले आफ्ना भाइ यमराजलाई खाना खुवाएकी थिइन् । त्यसैले यसलाई यम द्वितीया पनि भनिन्छ । यस दिन क्षमता अनुसार दिदीबहिनीलाई श्रद्धापूर्वक सुनको आभूषण, नयाँ वस्त्र, नगद आदि दिनुपर्छ ।

भाइटीकाको कथा

सूर्यदेवकी पत्नीको नाम संज्ञादेवी थियो, उनका दुई सन्तान थिए, छोरा यमराज र छोरी यमुना। संज्ञादेवीले सूर्यको किरण सहन नसकेपछि उत्तर ध्रुव क्षेत्रमा छायाँ बनेर बस्न थालेकी हुन् । त्यही छायाँबाट ताप्ती नदी र शनिश्चर को जन्म भयो। देवताका वैद्य मानिने अश्विनीकुमारहरू पनि यही छायाँबाट जन्मेका भनिन्छ। यहाँ यम र यमुनासँग छायाको व्यवहार बिग्रन थाल्यो । यसबाट चिन्तित भएर यमले यमपुरीमा आफ्नो नयाँ नगर बसाले ।यमुनाजीले यमपुरीमा पापीहरूलाई दण्ड दिने काम गरेको देखेर यमुनाजी गौ लोकमा गइन्, त्यसैले दूत पठाएर यमुनालाई धेरै खोजे तर सकेनन् । आफ्नी बहिनी यमुनालाई खोज्न यमराज आफैं गोलोक गए जहाँ विश्राम घाटमा यमुनाजीसँग भेट भयो। यमुनाले आफ्नो भाइलाई देख्नेबित्तिकै धेरै खुसी भइन् र उहाँलाई आतिथ्यताका साथ घर लगेर खाना खुवाइन्।

यमराज बहिनीको हातले बनाएको सात्विक खाना खाएर तृप्त भए । उनले यमुनालाई वरदान माग्न आग्रह गरे । दाजुको आग्रह अनुसार यमुनाले भनिन्, हे दाइ, मेरो जलमा जसले स्थान गर्छ त्यसलाई यमपुरीमा जान नपरोस् । बहिनी यमुनाको चाहना सुनेर यमराजलाई केही बोल्ने आँट भएन । किनकि यस्तो वरदान दिदा त यमपुरीको अस्तित्व नै समाप्त हुने थियो । उनलाई मौन देखेर यमुनाले भनिन्–दाइ आजको दिन स्थानादि गरेर जो दाजुभाइले आफ्ना दिदीबहिनीको घर गएर उनीहरुको हातको टीका लाउँछन्, आशीर्वाद पाउँछन् अनि खाना खान्छन् उनीहरुलाई स्वर्गको प्राप्ति होस् । यमराजले बहिनीको इच्छालाई पूरा गर्ने वचन दिए । उनले भने–जो दाजुभाइले आजको दिन आफ्ना दिदीबहिनीको घर गएर खाना खाँदैनन् उनीहरुलाई बाँधेर यमपुरी ल्याउँछु तर जसले दिदीबहिनीकहाँ गएर खाना खान्छ उसलाई स्वर्ग प्राप्त हुने छ । त्यस दिनदेखि भाइटीका पर्व मनाउन थालियो ।

टीका कसरी लाउने ?

टिका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भूईँमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।

 

२०८० सालको भाइटिका कार्तिक २९ गते परेको छ । यस दिन सूर्य उदय ०६ बजेर २५ मिनेटमा हुने छ भने सूर्यास्त ०५ बजेर १० मिनेटमा । भाइटिकाको दिन बिहान ०६ः२५ बजेदेखि ०७ः४६ बजेसम्म लाभ बेला रहेको छ भने त्यस पछि ०९ः०६ बजेसम्म अमृत बेला रहेको छ । बिहान १० बजेर २७ मिनेटदेखि ११ बजेर ४७ सम्मको समय शुभ बेला छ ।

त्यसैगरि ११ः२१ देखि मद्यान्न १२ः१४ बजेसम्म अभिजित महुर्त रहेको छ । यस दिन चन्द्रमा उत्तर दिशामा रहेका हुन्छन् । यस कारण पश्चिम मुख गरि टिका थाप्नु उपयुक्त हुन्छ । कात्तिक २९ गतेका दिन ११ः२१ देखि १२ः१४ बजेसम्म टिकाको शुभ साइत परेको ज्योतिषीहरु बताउँछन् । यो पर्व दिदीबहिनीहरुले आफ्ना दाजुभाइहरुसँग भाइटिका हर्षाेल्लासका साथ मनाउने गर्दछन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर