Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भाटभटेनी सुपरमार्केटले भूकम्प पीडितलाई एक करोड ११ लाख ११ हजार १११ सहयोग गर्ने

14

काठमाडौं । भाटभटेनी सुपरमार्केटले जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेका नागरिकको उद्धार, उपचार तथा व्यवस्थापनका लागि एक करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विपदमा परेका नागरिकको उद्धार सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पीडित नागरिकलाई भाटभटेनीका तर्फबाट सहयोगको घोषणा गरिएको बताए । “गएराति गएको भूकम्पमा परेर जति पनि नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भएको छ, त्यसप्रति हामी निकै दुःखी छौँ,” गुरुङले भने, “दुःखको यस घडीमा हामी पीडित नागरिकसँगै छौँ भन्ने सन्देश दिन चाहन्छौँ । त्यसैले हामीले यो सहयोग गरेका हौँ ।”

घोषणा गरिएको रकम सरकारी राहत कोषमार्फत् प्रदान गरिने भएको छ । साथै गुरुङले यसबाहेक खाद्यान्नसहित अन्य कुनै प्रकारका सहयोग आवश्यक परेमा आफूहरुले उपलब्ध गराउने प्रतिवद्धता पनि जनाए ।

“हामीले खाद्यसहित अन्य सहयोग आवश्यक परेमा त्यसका लागि पनि तयार छौँ,” उनले भने । उनले भूकम्पमा परेर ज्यान गुमाएका १५७ जनाप्रति भावपूर्ण श्रद्धान्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासहित सहयोगको हात बढाएको बताए ।

यसअघि भाटभटेनीले कोरोनाबाट आक्रान्त नेपालीको उपचारका लागि कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक सातै वटा प्रदेश सरकारलाई पनि २५–२५ लाखका दरले सहयोग उपलब्ध गराएका थिए ।
त्यसअघि पनि मोरङ, सुनसरीलगायतका जिल्लामा गएको बाढीमा परेका नागरिकको लागि पनि सहयोग गरेको थियो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर