Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ

19

काठमाण्डौः भारतका पूर्वमन्त्रीको घरमा चोरी गरेको आरोपमा तीन जना नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० वर्षीय करन बहादुर, २१ वर्षीय सर्जन शाही र ३१ वर्षीय कृष्णबहादुर रहेका छन् । घटनामा डेभिड नाम गरेका अर्का नेपाली फरार रहेको भारतीय प्रहरीले जनाएको छ ।

शिरोमनी अकाली दलका पूर्वमन्त्री ८८ वर्षीय जगदीश सिंह ग्राचाको घरमा सोमबार लुटपाट भएको थियो । महाराजा रञ्जितसिंह नगरमा ग्राचासहित उनकी पत्नी, बहिनी र एक महिला कामदार सोमबार आफ्नो निवासमा बेहोस फेला परेका थिए । उनको घरमा काम गर्ने एक नेपाली कामदार फरार रहेका थिए । उनलाई केही महिनाअघि मात्र काममा राखिएको थियो ।

लगत्तै लुधियाना प्रहरीले दिल्ली प्रहरीको सहयोगमा विशेष अपरेसन चलाएको थियो । लगत्तै फरार नेपाली कामदार करन बहादुरसहित तीन जना पक्राउ परेका थिए । प्रहरीले लुटेराहरूको साथबाट १ करोड बराबरको सुनको गहना, २।७६ लाख भारु पैसा, पाँचवटा ब्रान्डेड घडी, विभिन्न देशको सिक्का, मोती र सिल्भर गिलास बरामद गरेको छ ।

प्रहरी कम्स्निर मन्दीप सिंह सिद्धु अनुसार लुटेराहरू एक दुई दिनभित्रै भागेर नेपाल पुग्ने योजना बनाएका थिए । तर उनीहरूलाई दिल्लीमा लुकिरहेको स्थानबाट पक्राउ गर्न सफल भएको उनको भनाई छ ।

किला रायपुरबाट दुईपटक सांसद रहिसकेका ग्राचा सन् १९९७ देखि २००२ सम्म शिरोमनी अकाली दल–भाजपा सरकारमा क्याबिनेट मन्त्री रहेका थिए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर