Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भारतको चन्द्रयान – ३ चन्द्रमामा सफल अवतरण

19

एजेन्सी, भदौ ६ । भारतको चन्द्रयान–३ अन्तरिक्षयानले चन्द्रमाको सतहमा सफलतापुर्वक अवतरण गरेर इतिहास रचेको छ ।

यो सफलता संगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो राष्ट्र बनेको छ ।

चन्द्रमाको दक्षिण ध्रुवमा एकदमै कम अन्वेषण भएको छ । त्यसैले यहाँ धेरै रहस्यहरु लुकेको हुन सक्छ ।

भारतको चन्द्रमा–३ मिसनले चन्द्रमाको सतहमा पानीको श्रोतको रुपमा बरफको खोजी गर्ने र भविष्यमा मानव बस्तीको सम्भावनाबारे खोज अनुसन्धान गर्ने मुख्य उद्देश्य राखेको छ ।
चन्द्रमाको दक्षिण ध्रुव पुग्नु भनेको यो केबल भारतको मात्र सफलता नभएर विज्ञानको क्षेत्रमा हामी मानव जातिकै एउटा ठूलो सफलता हो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर