Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भारतिय डोमिसियल भुपु सैनिक अब जिवित प्रमाण पत्र दिन र पेन्सन लिन भारत जानु नपर्ने   

158

बिभिन्न कारणबश,  नेपालि डाकुमेन्टमा भर्ति हुन नसकेर या नपाएर भारतिय डोमिसियलमा भर्ति भएका तर पेन्सन आउदा नेपालि भएपनि भारतिय नागरिकको हैसियतले भारतिय PDA (Pension Disbursing Agency) मार्फत पेन्सन लिन बाध्य भएका नेपाली भुपु  सैनिक हरुको निरन्तर रिपोर्टिङ लाइ मध्यनजर गरेर भारतिय पेन्सन बोर्डले भारतिय डोमिसियलमा भर्ति भएका तर नेपाल मा स्थायि बसोबास गर्ने भारतिय भुपुलाइ military pension branch kathmandu ले जिल्ला सैनिक बोर्ड द्वारा जिवित प्रमाण पत्र  दिन र नेपालि बैंक मार्फत  पेन्सन लिन पाउने नियमको निर्णय गर्दैछ। गर्दैछ।त्यसैले यसबाट  लाभाम्वित हुने भुपु सैनिकको डाटा को आह्वान गरेको छ ।प्राप्त डाटा अनुसार कार्य गर्न गराउन नेपालमा स्थायि बसोबास गर्ने तर भारतिय  PDA/Bank  मार्फत जिवित प्रमाण पत्र दिने र पेन्सन लिइरहेका  भुपु सैनिकको बिबरण मागेको जानाकारि  भारतिय राजदुतावास डिफेन्स विङ्ग,  साखाको पत्राङ्क NBGSB/222/A/Misc  24 अप्रील 2024 अनुसार साखाका साहायक सैनिक सहचारि , मेजर नविन जानु ले जानाकारि दिनु भएको छ। यस पत्रानुसार भारतिय सेनामा भर्ति हुदा नेपालिले कारणबश भारतिय कागजपत्र पेश गरेर भर्ति भएता पनि हाल उनिहरुको स्थायि बसोबास नेपालमा छ जिवित प्रमाण पत्र भारत मै दिनु पर्ने र पेन्सन पनि भारतबाटै  लिइरहनु भएको छ भने तल दिइएको फर्म भरेर यथासिघ्र नजिकको जिल्ला सैनिक सोल्जर बोर्डमा जम्मा गर्न समेत अनुरोध गरिएको छ। यस बाट थुप्रै भुपु सैनिक हरुले जिबित प्रमाण पत्र बुझाउन भारत नै जानु पर्ने र भारतिय बैंक मार्फत पेन्सन लिनु पर्ने बाध्यता बाट मुक्ति पाउने छन।  नेपाल भुपु कल्याणकारि संघ ले आफ्ना सम्पुर्ण सम्बन्धित भुपुहरु लाइ यस सम्बन्धि जानाकारि गर्न गराउन सम्बन्धित निकायामा सम्पर्क गर्नु पर्ने तथ्य  डिफेन्स विङ्ग प्रमुख मेजर नविन जानुले  लोक सारथि मिडियालाइ जानाकारि गराउनुभयो।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर