Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भिजन लुम्बिनीको आईपीओ बिक्री खुला

19

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) आजदेखि बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरी बाँकी रहेको सेयरसमेत थप गरी सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरी चार लाख ८७ हजार ९१० कित्ता आईपीओ बाँकी रहेको थियो । उक्त आईपीओ थप गरी सर्वसाधारणलाई कम्पनीले २० लाख ७५ हजार २८५ कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा नै निष्कासन गरेको हो ।

कम्पनीले निष्कासन गरेको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा तीन लाख ८० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओमा कात्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । तर, उक्त अवधिसम्म मागअनुसार आवेदन नपरे मंसिर १ गतेसम्म आवेदन खुला रहने बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन डबल बी इस्यूअर प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित सेती नदीमा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत पाँच अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर