Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भुटानी शरणार्थी जंगलमा मृत फेला परे

16

झापाको दमक नगरपालिकास्थित भुटानी शरणार्थी शिविर सेक्टर बी (२) स्थित हट नम्बर २५२ मा बस्ने ७२ वर्षीय भुटानी शरणार्थी बुधबार स्थानीय हम्से दुम्से सामुदायिक वनमा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्ति मंगलबार दिउँसो दाउरा टिप्न जङ्गल गएका थिए तर साँझसम्म घर फर्केनन् । उक्त व्यक्तिलाई हात्तीले कुल्चीएको हुन सक्ने प्रहरीको अनुमान छ ।

मृतकको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइने प्रहरीले जनाएको छ । यो वर्ष झापामा हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर