Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भुर्तुङ्ग काठमाडौ सम्पर्क समाजका अध्यक्ष ढकाललाई पितृ शोक !

20

सज्जन ढकाल

 

No description available.

कात्तिक १५, गुल्मी । भुर्तुङ्ग काठमाडौं सम्पर्क समाजका अध्यक्ष दिपक शर्मा ढकाललाई पित्री शोक परेको छ । भारतीय सेना बाट रिटायर्ड जीवन बिताइरहनु भएका बुवा शालिग्राम ढकालको हिजो बिहान ८ :०० बजे भारतको दार्जलिङ्गमा देहान्त भएको हो । भारतीय सेनामै कार्यरत हुँदा दोस्रो बिहे गरि भारतको दार्जलिङ्गमा बसोबास गर्दै आउनु भएको थियो ।

जेठी श्रीमती तर्फ दुई छोरी मिना गौतम राधा पौडेल हुनुहुन्छ । मिना गौतम गुल्मीको कालीगण्डकी गाउँपालिका पूर्व जनप्रतिनिधि हुनुहुन्छ । उहाँका दुई छोरा रहेका छन् । जेठा दिपक शर्मा भुर्तुङ्ग काठमाडौ सम्पर्क समाजको अध्यक्ष तथा काठमाडौंमा शिक्षा बिज्ञको रुपमा कार्यरत रहनु भएको छ । कान्छो सुरेश ढकाल कुसुम बहुउद्देश्यीय सहकारी संस्था पल्पाको अध्यक्ष हुनुहुन्छ ।

कान्छी श्रीमती तर्फ दुई छोरा र एक छोरी रहेका छन् । पार्थिव सवलाई टिष्ठा नदिमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिने भएको छ । भोलि ४ :००बजे कालिगण्डकी नदि पूर्तिघाट गुल्मीमा अस्तु बिसर्जन गरिने परिवारिक श्रोतले जानकारी दिनु भएको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर