Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्पका कारण बझाङमा ३ दिन विद्यालय बन्द

18

बझाङ । मंगलबार बझाङ केन्द्र बिन्दु भएर गएको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि सर्वसाधारण चौरमा पाल टागेर बस्दै आएका छन् । भूकम्पपछि बझाङमा अधिकांश विद्यालयका संरचना भत्किएपछि जिल्लामा पठनपाठन प्रभावित भइ यहाँका विद्यालय बन्द गरिएका छन् ।

भूकम्पका कारण यहाँ अध्ययनरत ७१ हजार ६८ जना बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको जिल्ला शिक्षा समन्वय इकाइ बझाङका प्रमुख सुरेन्द्र कठायतले बताए । जिल्ला विपत व्यवस्थापन समिति बझाङले ३ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर