Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्पबाट विस्थापित सुत्केरी, नवजात शिशु, दीर्घरोगी र वृद्धवृद्धाहरु पालमुनि चिसोले काँप्दै छन्

11

मंसिर ४, रुपन्देही । कार्तिक १७ गते गएको भूकम्पपछि आजको दिनसमेतलाई लिदा १८ दिन भइसक्यो । सरकार पक्षको कमजोर व्यवस्थापन र अपूर्ण उद्धार कार्यका कारण भूकम्प पीडितहरु बदलिदो मौसमका बीच थप पीडामा पर्दै गएका छन् ।  तीन साताअघि जन्म दिएकी सुत्केरी आमा विमला तिरुवा गत कात्तिक १६ गते जाजरकोटको सदरमुकाम खलंगामा ६.४ म्याग्नीच्युडको भूकम्पले भाडामा लिएको घर भत्किएपछि तिरपालको पालमा सुत्केर बसेकी छिन् ।विमलाले घामको न्यानोपनमा आफ्ना दिनहरु बितेको बताइन् । तर उनको लागि पालमुनि रात बिताउन गाह्रो छ।

“रातमा पालमा शीत बग्छ। कडा जाडोको कारण मेरो बच्चा र मेरो स्वास्थ्यमा समस्या छ। हाम्रो अनुहार, आँखा, हात र खुट्टा सुन्निएको छ,’ विमलाले भनिन् । “न त मसँग न्यानो कपडा छ न त मैले सुत्केरीको समयमा पौष्टिक खाना पाएँ।”

जिल्लाको कुशे गाउँपालिकाका स्थायी बासिन्दा विमला र उनका श्रीमान् तीन सन्तानसहित जिल्ला सदरमुकाममा बस्दै आएका थिए । रामदीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट र विभिन्न जिल्लालाई हल्लाएको बेला विमला तीन दिनकी सुत्केरी आमा थिइन् ।

दैनिक ज्याला मजदुरी गर्ने विमलाका श्रीमानले पाँच सदस्यीय परिवारको लागि खाना र बासको व्यवस्था गरे। तर विनाशकारी भूकम्पपछिका दिनहरुमा काम नपाएपछि परिवार अहिले निराशामा परेको छ । स्थानीय निकायले अन्य स्थानीय निकायका व्यक्तिलाई प्राथमिकता नदिएकोले पर्याप्त सहयोग पाउन नसकेको विमलाले बताइन् ।

नलगाड नगरपालिका–७ डल्लीकी राधिका कुसरी पनि यस्तै समस्याबाट गुज्रिरहेकी छिन् । उनी एक महिनाकी नयाँ आमा भए पनि खुला आकाशमुनि पाल टाँगेर बस्नुपरेको छ । उनी र उनको नवजात शिशुलाई पालमुनि न्यानो राख्न नसक्दा बिरामी परेका छन्।

“मेरो बच्चा केही दिनअघि चिसोले बिरामी परेको थियो। बच्चालाई जिल्ला अस्पताल खलंगामा लैजानुपरेको थियो । अहिले मलाई सामान्य रुघाखोकी र शरीर दुख्ने समस्या छ,’ राधिकाले भनिन् । “हामीसँग पर्याप्त खाना छैन। हामीले व्यवस्थापन गरेको चामल सकिएको छ ।” जाडोमा पालमुनि सुत्न निकै गाह्रो हुने उनले बताइन् ।

विमला र राधिका मात्र यस किसिमको पीडित होइनन् । जाडो बढेसँगै सयौं सुत्केरी र सुत्केरी महिला पालमा बसिरहेका छन् । चिसोले निम्त्याउने विभिन्न स्वास्थ्य समस्याले भूकम्पबाट विस्थापित शिविरमा नकरतुल्य जीवन बिताइरहेका छन् । सुत्केरी आमा, गर्भवती महिला, बालबालिका र दीर्घरोग भएका वृद्धवृद्धाहरू सबैभन्दा बढी मारमा परेका छन्।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर