Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्पबाट २० घर ध्वस्त भए

16

आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालामुखी गाउँपालिकाको कुमलटारीमा २० घर ध्वस्त भएका छन् भने थप ७५ वटा दरार परेका छन् ।

भूकम्पबाट भएको क्षतिको थप विवरण आउन बाँकी रहेको पूर्व वडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । बारम्बार ४ रिक्टर स्केलको परकम्प गएपछि सर्वसाधारण घरबाहिर निस्किएको स्थानीय राजेश अधिकारीले बताए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैस्वारले दरार परेका घरको विवरण संकलनको काम भइरहेको बताए ।

धादिङ र आसपासका जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान ६.१ रेक्टर स्केलको भूकम्प गएको छ ।

 

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर