Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्पमा परी मृत्यु हुनेमा झण्डै आधा बालबालिका थिए

15

शुक्रबारको भूकम्पमा ज्यान गुमाउनेमध्ये झण्डै आधा बालबालिका रहेको पाइएको छ ।

प्रहरीको तथ्यांकअनुसार मंसिर ३ गते रातिको भूकम्पमा परी मृत्यु हुने १५७ जनामध्ये ७८ बालबालिका थिए । मृत्यु हुने बालबालिकामध्ये जाजरकोटमा ५० र रुकुम पश्चिममा २८ जनाको भूकम्पका कारण मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।

रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु भएका ५२ जनामध्ये २८ बालबालिका रहेको जिल्ला प्रहरी प्रमुख नामराज भट्टराईले जानकारी दिए । “रुकुम पश्चिममा मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। १० महिनाका दुई बालबालिकाले पनि ज्यान गुमाएका छन्,” उनले भने।

जाजरकोट प्रहरीका अनुसार जाजरकोटमा मृत्यु हुनेमा १ सय ५ जना बालबालिका, ३३ महिला र १८ पुरुष रहेका छन् । रुकुम पश्चिममा भूकम्पमा परी १६ महिला र आठ पुरुषको मृत्यु भएको छ ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर