Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्पले ५४ प्रहरी कार्यालय ध्वस्त, पालबाट दैनिक काम

16

जाजरकोट, मंसिर ७ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको कात्तिक १७ गते गएको भूकम्पले कर्णाली प्रदेशका ५४ प्रहरी कार्यालयमा क्षति पुर्याएको छ ।

भूकम्पले जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरी चौकीसम्मका प्रहरी संरचनामा क्षति पुगेको कर्णालीका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । प्रहरी कार्यालयमा क्षति पुगेपछि प्रहरी टेन्टबाटै सेवा दिन बाध्य छन् ।

भूकम्पले जाजरकोटमा ३३, रुकुम पश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार र कालिकोटमा दुई प्रहरी भवनमा क्षति पुगेको डीआईजी ढकालले जानकारी दिनुभयो । जाजरकोटमा जिल्ला प्रहरी कार्यालयका चारवटा भवन भत्काइएको छ । त्यसैगरी १२ इलाका प्रहरी चौकी, १० प्रहरी इकाइ, ६ वटा अस्थायी प्रहरी चौकी र जिल्ला ट्राफिक प्रहरी कार्यालय तोडफोड गरिएको छ ।

त्यसैगरी रुकुम पश्चिम जिल्ला प्रहरी कार्यालय, दुई इलाका प्रहरी चौकी, चार प्रहरी इकाइ र पाँच अस्थायी प्रहरी चौकीमा क्षति पुगेको छ । भूकम्पले सल्यानका तीन प्रहरी चौकी भत्काएको छ । जुम्लामा जिल्ला प्रहरी कार्यालय, एक इलाका प्रहरी कार्यालय र दुई प्रहरी चौकी भत्काइएको जानकारी दिएको छ । कालिकोटमा जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तोडफोड गरिएको छ ।

जाजरकोटको भेरी नगरपालिका–१ रावलगाउँमा रहेको अस्थायी प्रहरी चौकीको भाडामा रहेको भवनमा दरार देखिएको छ । त्यहाँका प्रहरीले टेन्टबाटै दिनहुँ काम गरिरहेका छन् । जिल्ला सदरमुकाम खलंगामा रहेको जिल्ला प्रहरी कार्यालयको पनि उस्तै अवस्था छ । प्रहरी कर्मचारी दैनिक काम र बस्नका लागि टेन्टमा भर परेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाका अनुसार आठमध्ये सात भवनमा दरारका कारण बस्न नमिल्ने अवस्था रहेको छ ।

विसं २०३४ मा जाजरकोटमा जिल्ला प्रहरी कार्यालय स्थापना भएको थियो । डिएसपी नवराज भट्टराईले रुकुम पश्चिममा प्रहरी कार्यालयका जीर्ण संरचना भत्किएको बताए । पुर्तिमकण्डा, सोलावाङ र सिम्ली प्रहरी चौकी पूर्णरुपमा क्षति भएको छ ।

भूकम्पले साँखास्थित अस्थायी प्रहरी चौकी, स्यालाखाडी प्रहरी चौकी, पिपल, झुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीका संरचनामा आंशिक क्षति पुगेको छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको घरमा समेत भूकम्पको धक्का पुगेको छ । जिल्ला प्रशासन कार्यालयका पुराना संरचनाहरु बस्न लायक छैनन् ।

डीआईजी ढकालले प्रदेशभरका कूल ३०८ प्रहरी युनिटमध्ये २५ प्रतिशत मात्रै आफ्नै भवन रहेको बताए । प्रहरी इकाइ र कार्यालय रहेका करिब ७५ प्रतिशत भवन जोखिममा रहेको उनले बताए ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर