Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्प पीडित १ हजार ७६ सुत्केरी र १२ हजार ४ सय बालबालिकाको कन्तबिजोक

18

जाजरकोट- भूकम्पपछि त्रिपालमुनि १ हजार ७६ जना सुत्केरी महिला र १२ हजार ४ सय  जना बालबालिका रहेका छन । भूकम्प प्रभावित क्षेत्रमा सुत्केरी गर्भवती महिला समस्यामा परेका छन् । भूकम्पले घर क्षतिग्रस्त भएपछि त्रिपालमुनिको बासले सुत्केरी, गर्भवती महिला,बालबालिका, ज्येष्ठ नागरिकलाई समस्या परेको हो ।

भूकम्पपछि अहिले सुत्केरी, गर्भवती महिला,बालबालिका, ज्येष्ठ नागरिक र दिर्घरोगी स्वास्थ्य संस्थामा औषधि उपचारका लागी आउनेको भिड लाग्ने गरेको छ  । चिसो मौसम त्रिपालमुनिको बसाई र पोषिलो खानेकुरा नपाएपछि विभिन्न रोगको लक्षण देखा पर्न थालेपछि सर्वसाधारण कष्ठपुर्ण जिवन बिताउन बाध्य छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी कृष्णबहादुर खत्रीका अनुसार भेरी नगरपालिकामा पाँच वर्षमुनिका ४ हजार १ सय १५ जना बालबालिका, ५ सय ७४ जना गर्भवती , २ सय ८२ जना सुत्केरी,२ हजार ८ सय ३६ जना ज्येष्ठ नागरिक, १ हजार ६५ जना दिर्घरोगी र ४ सय ८ जना अपाङ्गता भएका व्यक्ति सहित ९ हजार ३ सय ८० जना जना जोखिममा परेका छन् ।

छेडागाड नगरपालिकामा पाँच वर्षमुनिका ३ सय ७२ जना बालबालिका, ४६ जना गर्भवती, ६६ जना सुत्केरी, २ सय ४ जना ज्येष्ठ नागरिक,१५ जना दिर्घरोगी, ९ जना अपाङ्ग सहित ७ सय ४३ जना रहेका छन ।

यसै गरी, बारेकोट गाँउपालिकामा पाँच वर्षमुनिका १ हजार ४ सय ९९ जना बालबालिका, १ सय ८५ जना गर्भवती,  ७५ जना सुत्केरी, ४ सय ३९ जना ज्येष्ठ नागरिक, २ सय २३ जना दिर्घरोगी र ४५ जना अपाङ्ग सहित २ हजार ४ सय १७ जना जोखिममा रहेको बारेकोट गाँउपालिका स्वास्थ्य शाखाका अनमी कल्पना रोकायाले जानकारी दिनुभयो।

शिवालय गाँउपालिकामा  पाँचवर्षमुनिका ४ सय ६२ जना बालबालिका, १९ जना गर्भवती, २ जना सुत्केरी ,५१ जना ज्येष्ठ नागरिक, ४६ जना अपाङ्ग र ४ सय ४६ जना दिर्घरोगीहरु भूकम्पको जोखिममा रहेका छन् ।  कुशे गाउँपालिकामा पाँच वर्षमुनिका २ हजार ९ सय ४५ जना बालबालिका, ५ सय १५ जना गर्भवती, २ सय ३० जना सुत्केरी, ९ सय २० जना ज्येष्ठ नागरिक, २ सय ७७ जना दिर्घरोगी र ८८ जना अपाङ्ग सहित ४ हजार ९ सय ७५ जना प्रभावित भएका छन् ।

नलगाड नगरपालिकामा पाँच वर्षमुनिका ३ हजार ३३ जना बालबालिका, ३ सय ३१ ज्ना गर्भवती, ३ सय ७४ जना सुत्केरी, १ हजार ४ सय ८३  जना ज्येष्ठ नागरिक,२ सय ३४ जना दिर्घरोगी र २ सय ५० जना अपाङ्ग व्यक्तिसहित ३ हजार ९ सय ४४ जना प्रभावित भएका छन् ।

जुनीचाँदे गाँउपालिकामा  पाँच वर्षमुनिका ७८ जना बालबालिका,७४ जना गर्भवती, ७४ जना सुत्केरी, ९३ जना ज्येष्ठ नागरिक, १८ जना दिर्घरोगी, २२ जना अपाङ्ग सहित २ सय ८३ जना भूकम्पको जोखिममा रहेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका सुचना अधिकारी कृष्णबहादुर खत्रीले बताउनु भयो ।

छेडागाड नगरपालिकामा आठ स्वास्थ्य संस्था आंशिक क्षति, भेरी नगरपालिकामा आठ पूर्णक्षति, आठ आंशिक क्षति, बारेकोट गाँउपालिका एक पूणक्षति र चार ओटा आंशिक क्षति स्वास्थ्य संस्थामा पुगेको छ । यसैगरी , कुशे गाँउपालिकामा पाँच ओटा पूर्ण क्षति, १३ ओटा आंशिक क्षति,नलगाड नगरपालिकामा एक पूर्णक्षति, पाँच ओटा आंशिक क्षति र  जुनीचाँदे गाउँपालिकामा १५ ओटा स्वास्थ्य संस्था आंशिक क्षति, छेडागाड नगरपालिकामा आठ ओटा मा आंशिक क्षति, भेरी नगरपालिकामा आठ पूर्णक्षति, आठ आंशिक क्षति पुगेको छ । शिवालय गाँउपालिकामा दुई ओटा स्वास्थ्य संस्था आंशिक छन ।  १५ ओटा स्वास्थ्य संस्थाका भवन पूर्णरुपमा क्षति, ५५ ओटा आंशिक रुपमा क्षति पुगेको स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी खत्रीले बताउनु भयो ।

विनाशकारी भूकम्पबाट १ लाख २८ हजार ९ सय १७ जना प्रभावित स्वास्थ्य सेवा कार्यालय जाजकोटको तथ्याङ्कमा उल्लेख छ । भूकम्पपछि प्रभावित जोखिम २२ हजार दुई सय  जनसंङ्ख्या छ । पाँच वर्षमुनिका  १२ हजार चार सय जना , १ हजार  ८ सय ८३ जना गर्भवती, एक हजार ७६ जना सुत्केरी, १ हजार ८ सय ३२ जना दिर्घरोगी र ८ सय ५० जना अपाङ्ग व्यक्ति समस्यामा परेको छन् । जोखिमामा रहेका व्यक्तिको न्यानो बासको व्यवस्था नहुँदा त्रिपालमुनि बस्न बाध्य छन् ।

विपद व्यवस्थापन समितिले क्षतिको विवरण छिटो बुझाउन स्थानीय तहलाई अनुरोध गरेपनि आउन नसकेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी हरिश्चन्द्र शर्माले बताउनु भयो । भौगोलिक विकटता एक घर देखि अर्को घर पुग्न समस्या भएकाले तथ्याङ्कमा ढिला भएको बारेकोट गाँउपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनु भयो । ग्रामीण बस्तीका स्वास्थ्य संस्थाका भबन भूकम्पले क्षतिग्रस्त गरेपछि बिरामीलाई त्रिपालमुनी सेवा प्रवाह गरेका छन् । सुत्केरी बालबालिका, दिर्घरोगीको औषधि उपचारमा ठाँउ ठाँउमा स्वास्थ्य शिविर सञ्चालन गर्न थालिएको छ ।

Photo20231129Jajarkot

 

वासुदेव शर्मा/इन्सेक

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर