Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भूकम्प प्रभावितलाई सानिमा बैंकले २५ लाख सहयोग गर्ने

16

सानिमा बैंक लिमिटेडले जाजरकोट भूकम्पपीडितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खोज, उद्धार र राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख दिने निर्णय गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिएका छन्। बैंकले भूकम्पका कारण मृत्यु हुने नागरिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर