Sat2024 July 27
२०८१ साउन १२, शनिबार

भोलि शनिवार तीनकुनेमै कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा दुर्गा प्रसाईले भने

19

काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले शनिबार (भोलि) तीनकुनेमै आन्दोलनको कार्यक्रम गर्ने बताएका छन्।

शुक्रबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले भोलि तीनकुनेमै कार्यक्रम गर्ने बताएका हुन्। उनले आन्दोलनमा सहभागी हुन भोलि आफ्नो घरअगाडि आउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

उनले भने, ‘हामीले आज खप्यौँ, भोलि हामी तिनकुनेमै कार्यक्रम गर्छौँ। सम्पूर्ण भक्तपुरका जनताहरुलाई मेरो घरअगाडि आउन म अनुरोध गर्छु।’

उनले कुनै दिन आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नजरबन्दमा राख्नु नपरोस् भन्दै चेतावनीसमेत दिए। ‘कतै मैले एक दिन तपाईंलाई पनि नजरबन्दमा राख्न नपरोस्। यो कुरा तपाईं हेक्का राख्नुहोस्,’ उनले भने।

उनले आज आफूलाई नजरबन्दमा राखिएको र दिनभर घरमा बिजुलीको लाइनसमेत काटिएको बताए।

उनले भने,’दिनभर मेरो घरको बिजुलीको लाइन काटियो। प्रचण्डज्यू तपाईंलाई जंगलबाट यो ठाउँमा पुर्‍याउने दुर्गा प्रसाईं हो। दुर्गा प्रसाईंले ज्यान दिएको छ। यही घरमा हो तपाईंले कुनै दिन चिया खाएको। यही घर तपाईंले आज अन्धकार बनाउनुभएको छ।’

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर