Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मजदुर दिवस र गोर्खालि

50

१३५औ विश्व मजदुर दिवस  मनाउदै गर्दा  विश्वका मजदुर भन्दा पनि नेपालि मजदुर को बारेमा सोच्न बाध्य बनायो। विश्वका टेरिटोरियल लगायत लगभग २०४ देश मध्य ५७ देशमा म पुगेको घुमेको र देखेको छु साथै त्यहाको बस्तु स्थितिको बारेमा केहि मात्रामा भए पनि बुझ्ने कोसिस गरेको थिए। म जाहा पुगे जे देखे त्यो अति सुन्दर,  अदभुत र अबिश्मरणिय थियो। विश्वका धेरै देशका मान्छे आफ्नो देश र स्वाभिमान प्रति अति गहन माया सम्मान र विश्वास  र स्वाभिमान देखाउने गर्दारहेछन । जनताको शिक्षा,  स्वास्थ, रोजगारिको लगभग ग्यारेन्टि नै हुदोरहेछ । प्राय: देशले आफ्ना देशको 3D कामको लागि मजदुर ल्याउने गर्छ भने अविश्कार , नवपर्बतन र उत्पादनमुलक उद्धमशिलताको लागि अन्य देशबाट ब्रेनड्रेन गरेर देश को विकास गर्ने काम गर्दारहेछन। मैले घुमेका  विश्वको जुनसुकै देशमा मा पनि नेपाल र बिर गोर्खालिको  विरत्वको गाथा नगाउने देश मैले भेटिन। अङ्रेज शासित देशले त सिधै  wow what a brave people nepalese!! भनेर सम्मान दिने गर्दारहेछन।   परमबिर चक्र पाउने विर गोर्खालि लाइ त रानि विक्टोरिया ले समेत सल्युट गर्दिरहिछन। रानि अलिजाबेथ , जनरल मानेस्का देखि नेपोलियन बोनापार्ट सम्म ले नेपालिको बिरता बारे खुलेर बर्णन गरेको इतिहासमा देख्न र पढ्न पाइन्छ। हाम्रा पुर्खा कहा कहा लडेनन कुन कुन लडाइ जितेनन!  पहिलो र दोश्रो विश्व युद्दमा मुख्य भुमिका खेल्ने बृटिस सरकार लाइ पुर्ण सहयोग गर्दै  विश्वको कुना कुना सम्म नेपालिले  आफ्नो बिरताको खुकुरि चम्काएको थियो। 

तर आजको स्थिति अलग छ । पहिले भारतको इमान्दार मानिने चौकिदार  आज चोर जस्तो दृष्टिकोण बाट हेरिन्छ र त्यहि अनुसार ब्यबहार गरिन्छ। विश्व विजेता,  विक्टोरिया क्रस,  परम बिर चक्र,  पिर चक्र,  सुर्य चक्र महाबिर चक्र हासिल गरेका गोर्खालिको सन्तानलाइ आज गोर्खा भर्ति मा बन्देज गरिएको छ। युरोपियन देशमा बलियो मानेर कामदार मागको उच्च डिमान्ड गरिने गोर्खालि आज कमजोर इम्युनिटिको क्याटेगोरिमा राखेर गोर्खालि को सट्टा फिलिपिनो लाइ मगाइन्छ। युरोपमा नर्बे, माल्टा,  बेल्जियम, युके, फ्रान्स,  स्पेन,  पोर्चुगल , लगायत थुप्रै देशले बिधार्थिको र कामदारको नाममा थुप्रै फिस असुलेर नेपालबाट टन्न रेमिट्यान्स भित्राएको छ।यसै गरि  जापान,  कोरिया, लगायत ले पनि हाम्रा दक्ष जनशक्ति लाइ मेसिनको रफ्तारमा काम गर्ने मेसिनरि लेबर बनाएको छ।विश्वमा विर गोर्खालि भनेर चिनेने,  कसैको साम्ने नझुक्ने,  इमान्दारिताको नमुना,  बलियो र तागतिलो भनेर चिनेने,  आफ्नो स्वाभिमान र नुनको सोझो मात्र होइन सत्यको पक्षमा ज्यान दिन पछि नपर्ने सिम्पल ,  फरवार्ड स्ट्रेट भनेर चिनेने  नेपालि लाइ  खाडिले,  लेबर बनाइरहेछ,  युरोपले सुकुम्बासि मजदुर बनाइरहेछ,  अमेरिकाले ब्रेन ड्रेन गरिरहेछ,  अष्ट्रेलिया न्युजिल्याण्डले कलिला बाल बालिका लाइ भाडा हान्ने र क्लिनिङको काम गर्ने बिधार्थि लेबर बनाइरहेछ,  क्यानडाले स्कुल फिस र पि आर को टर्चर दिएर डिप्रेसन को लेबर बनाइरहेछ। मैले यसो भन्दै गर्दा एउटा कुराको के स्पष्टिकरण दिन चाहे भन्दा म जुन जुन देश घुमे त्यहा हाम्रा पुर्खाको बिरताको गाथा सुनाउदै झिनो रुपमा इज्जत मान सम्मान हुनेगर्थ्यो   तर  अब हामि उल्लेखित देशमा उल्लेखित काम गर्दै छौ र गरिरहेका छौ भने भोलि हाम्रो सन्तानले आफ्नो परिचय के भनेर दिने होला?  हामि छाति फुलाएर,  बिर बलभन्द्र,  अमर सिंह,  उजिर सिंह,  कालु पान्डे, भन्ति थापाको सन्तान हौ भनेर  गर्व साथ भन्ने गर्छौ तर अबका सन्ततिले आफ्नो परिचय के भनेर दिने होलान?  म बुर्ज खलिफा बनाउने लेबर को छोरा,  म पानामा को बाटो भागेर  अ्मेरिका घुसेको रामेको छोरा,  म कोरियाको सुजुकि कम्पनिको लेबरको छोरा,  म पोर्चुगल को सुकुम्बासिको छोरा,  म युके ,  अष्ट्रेलिया,  न्युजिल्याण्ड,  क्यानडा पढ्न आएर यतै सेटल भको ग्रीनकार्ड पि आर प्राप्त फलनाको छोरा आदि इत्यादि ,  

   तसर्थ अझै पनि थोरै हो धेरै केहि बिग्रेको छैन नेपाल र विर नेपालि भनेर भन्न र बस्न लायक नेपाल बनाउनु छ। आफ्नै देश र सन्तान नै भुलाउने  बिदेश को लोभ लाग्दो सिस्टम रुल रेगुलेसन बनाउनु छ,  बिदेशको जस्तै बाटो घाटो बजार ब्यबस्थापन,  स्वास्थ,  शिक्षा निशुल्क,  स्वतन्त्र काम गर्न सक्न बाताबरण र  म बिर नेपालिको छोरा हुँ र मेरो देश नेपाल स्वर्ग भन्दा राम्रो र आमा भन्दा प्यारो छ भन्ने स्थिति र मनोस्थिति सृजना गर्न गराउन सरकारको पहल हुनुपर्छ नत्र बर्षै पिच्छे लेबर सप्लाइ गर्ने देशको क्याटेगोरिमा आउन बेर लाग्ने छैन। यस प्रति सरकार र सरोकारवालाको ध्यानाकर्षण होस। १३५ औ लेबर दिवसको शुभकामना सहित अस्तु! ! !  

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर