Sat2024 July 27
२०८१ साउन १२, शनिबार

मणिपुरको शवगृहमा बेवारिसे शवहरू, दुई विद्यार्थी मारिए पछि पुनः हिंसा बढ्यो

14

असोज १३, लोकसारथी । May 3 मा हिंसा बढेपछि मणिपुरमा इन्टरनेट सेवा बन्द गरिएको थियो । September 23 मा मोबाइल इन्टरनेटमा लगाइएको प्रतिबन्ध हटाइएपछि दुई विद्यार्थीको शवको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो।

जसका कारण उपत्यकामा चर्को विरोध हुन थालेपछि सरकारले त्यहाँ फेरि मोबाइल इन्टरनेटमा प्रतिबन्ध लगाएको थियो ।

मणिपुरमा जातीय हिंसामा हालसम्म 200 भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने हजारौं मानिस घर छाड्न बाध्य भएका छन् । जातीय दंगापछि राज्यका तीन ठूला अस्पतालका शवगृहमा करिब 96 शव छन्, जसको पहिचानका लागि अहिलेसम्म कसैले सम्पर्क गर्न सकेको छैन ।

डरका कारण आफन्तको शव अस्पतालबाट लैजान नसकेको स्थानीय नागरिकले बताएका छन् । अस्पताल प्रशासनका अनुसार यी शव केही महिनादेखि शवगृहमा परेका छन् ।

यो अवस्थालाई मध्यनजर गर्दै अहिले सर्वोच्च अदालतले गठित पूर्व न्यायाधीशहरूको समितिले मृतकको पहिचान गरी शव परिवारलाई बुझाउनका लागि राज्य सरकारलाई मृतकको सूची सार्वजनिक गर्न सुझाव दिएको छ । सूचना पछि पनि लाशका आफन्तजन सम्पर्कमा नआएमा लाशहरुको अन्तिम संस्कार सम्मानका साथ गरियोस् भनी सर्वाेच्चले आदेश जारी गरेको छ ।

सरकारी तथ्याङ्क अनुसार मणिपुरको जातीय हिंसामा हालसम्म 175 बढीको मृत्यु भइसकेको छ भने कैयौं मानिस अझै बेपत्ता छन्।

मणिपुर राज्यमा बहुसंख्यक मैतेई र कुकी जनजातिबीच साम्प्रदायिक दंगा भएको थियो। यी साम्प्रदायिक समूहहरू राज्यका विभिन्न भौगोलिक क्षेत्रमा बसोबास गर्छन्।

दंगापछि अहिले समुदायको मानिस अर्को समूहको क्षेत्रमा जान नपाउने अवस्था बनेको छ । मणिपुर राज्यलाई जातीय आधारमा विभाजन गरिएको छ। अहिले पनि यहाँ हिंसाका घटना भइरहेका छन् । अधिकारीहरुका अनुसार राज्यको अवस्था निकै गम्भीर रहेको बताइएको छ ।

यो समाचार तयार गर्दा दुई विद्यार्थीको अपहरण गरी हत्या भएको खबर आएको थियो । दुवै विद्यार्थी साउनको पहिलो सातादेखि बेपत्ता थिए । 17 र 20 वर्ष दुई विद्यार्थीहरुको हत्या पछि पुनः मणिपुरमा हिंसा बढेको छ ।

सोमबार साँझ भारतीय सामाजिक सञ्जालमा दुईवटा तस्बिर भाइरल भएका थिए, जसमध्ये एउटामा दुई विद्यार्थी सँगै बसेका थिए भने हतियारधारी व्यक्तिहरू नजिकै उभिरहेका थिए ।  राज्य सरकारले जनतालाई धैर्यता अपनाउन अपिल गरेको छ।

मणिपुरमा यस वर्ष हिंसाको सुरुवात मइ महिनादेखि भउको थियो । हिंसाको मूल कारण थियो मणिपुर हाइकोर्टको एक अवजर्वेशन । मैतेई ट्राइब युनियनको एक याचिका उपर सुनुवाई गर्दै अदालतले भनेको थियो कि राज्य सरकारले मैतेई समुदायलाई जनजातिको दर्जा दिने समबन्धमा विचार गरोस् । 3 मइ मा अल ट्राइबल स्टेडेन्ट्स मणिपुर ले राजधानी इम्फालदेखि करिब 65 किमि. टाढा चुराचाँदपुर जिल्लाको तोडबम इलाकामा एक रैली आयोजित गरेको थियो जसको नाम थियो ‘‘आदिवासी एकजुटता रहोस्’’ । यसमा हजारौंको संख्यामा मानिसहरु सहभागी थिए । यही रैली क्रमशः साम्प्रदायिक हिंसा परिणत हुँदै गयो । आजसम्म करिब 200 जना मारिएका छन् ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

सम्बंधित खबर