Thu2024 October 10
२०८१ असोज २३, बुधबार

मधेशलाई सक्षम बनाउन मधेसी बालबालिका शिक्षित बन्नुपर्नेमा शाहको जोड

22

कपिलवस्तु, ११ असोज ।
नेपाली कांग्रेसका युवानेता तथा पूर्वसांसद अभिषेक प्रताप शाहले शिक्षाको गुणस्तर सुधार्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । मधेसी समुदायका बालबालिका शिक्षित भए मधेस क्षेत्र समग्रमा शिक्षित र सक्षम हुने बताउँदै शाहले विद्यालयको गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

शिव प्रताप सरस्वती माध्यमिक विद्यालय, महाराजगन्ज नगरपालिका-६, भलवारीमा शैक्षिक सामग्री वितरण कार्यक्रममा सम्बोधन गर्दै पूर्वसांसद शाहले उक्त कुरा बताउनु भयो । उक्त कार्यक्रम सिद्धार्थ बैंक लिमिटेडको चन्द्रौटा शाखाको सहयोगमा विद्यालयका २ सय बालबालिकालाई झोला र टिफिन बक्स वितरण गरिएको थियो । सिद्धार्थ बैंक लिमिटेडको चन्दौटा शाखाका प्रमुख भिम केसीले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग पुर्‍याइएको बताउनुभयो ।

विद्यालय प्रशासनको मागअनुसार शैक्षिक सामग्री वितरण गरिएको केसीले जानकारी दिनुभयो । समाजसेवी तथा युवानेता गोविन्द केसीले पनि बालबालिकाको शैक्षिक स्थिति सुधार गर्न झोला र टिफिन बक्स वितरण गरिएको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक राम बहादुर चौधरीले शैक्षिक सामग्री वितरणका लागि आभार प्रकट गर्दै यो सहयोगले विद्यार्थीहरूको शैक्षिक प्रगति गर्न सघाउने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रमको अध्यक्षता अभिभावक संघका अध्यक्ष जय करण पासीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन युवानेता अमर पौडेलले गर्नु भयो ।

यो समाचार पढेर हजुरलाई कस्तो लाग्यो ?

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

सम्बंधित खबर

0
Would love your thoughts, please comment.x
()
x